सप्तकोशी किनारमा युवा युवतीको शव फेला

सप्तकोशी किनारमा युवा युवतीको शव फेला

२० फाल्गुन, सुनसरी । सुनसरी बराहक्षेत्र ७ देबिघाट बस्ने पुर्णबहादुर लिम्बुको छोरा १९ बर्षीय पारस लिम्बु मृत अवस्थामा फेला परेका छन् ।

सोमबार दिउँसो साढे २ बजे घरबाट कोहि कसैलाई नसोधि हिडेका लिम्बु बराहक्षेत्र ६ ठाकुरबारीको कोशी किनारमा पानी जमेको खाल्टोमा मृत अवस्थामा फेला परेका हुन् ।

सोही स्थानमै देबिघाट बस्ने १५ बर्षीया मौसम बर्देवा मृत अवस्थामा फेला परेकी थिईन् । घटनास्थलमा पुगेका पारस लिम्बुको बुबाले सोही स्थानमा आफ्नो छोराको मोबाईल र चप्पल देखेपछी आफ्नो छोराको खोजीका लागी प्रहरीमा खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पानीमा तैरिएको अवस्थामा बालिकाको शव निकाल्ने क्रममा सोही पानी जमेको खाल्टो मुनीबाट हराएका भनिएका १९ बर्षीय पारस लिम्बुको शव समेत फेला पारेको थियो ।

दुबैको शव एकै ठाउँमा फेला परेको पाईएसंगै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.