२० फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशका लागि नेपाली कामदारलाई श्रम स्वीकृति नदिने तयारी गरेको छ ।
नेपाली नागरिक वैदेशिक रोजगारमा जाने देशहरूमा कोरोनाको संक्रमण बढिरहेकोले योबारे छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।
कोरियामा कोरोनाको संक्रमण बढेपछि गत फागुन ११ गते इपिएसमार्फत जान लागेका ४० नेपाली कामदारको उडान स्थगित भएको थियो ।
नेपाली कामदारहरु जाने गरेका राष्ट्रहरु कतार, कुवेत, साउदी अरब लगायत मुलुकहरू कोरोना प्रभावित मुलुक हुन् ।