विद्यालयहरुलाई चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन शिक्षा मन्त्रालयको निर्देशन

विद्यालयहरुलाई चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन शिक्षा मन्त्रालयको निर्देशन

२० फागुन, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

मन्त्रालयले सवै विद्यालयहरुलाई आगामी चैत ५ गतेभित्र कक्षा १ देखि कक्षा ९ सम्मको परीक्षा लिई सक्न भनेको छ । सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि भनेको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर निर्देशन जारी गरेको हो ।

आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने निर्धारित तालिका रहेको छ । एसईई परीक्षा केन्द्रीय सरकारमातहत सञ्चालन हुने गरेको छ ।

त्यसैगरी स्थानीय सरकार (पालिका) मातहतमा कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा संचालन हुने गर्दछ । उक्त परीक्षामा पालिकाले निर्माण गरेको प्रश्नपत्रको आधारमा लिइन्छ । त्यस निम्ति परीक्षा केन्द्र निर्धारण नगरी आ–आफ्नो विद्यालयमा लिने व्यवस्था गर्नसमेत मन्त्रालयले भनेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.