ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

२१ फागुन, भोजपुर ।

भोजपुर पौवादुम्मा–१ बस्ने २६ बर्षीय जनक भुजेलको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।

मंगलबार बेलुका साढे ६ बजे पौवादुम्मा–२ स्थित मध्य पहाडी लोकमार्गमा किराना सामान अनलोट गरी श्यामसिलाबाट तिवारीभञ्याङ तर्फ फर्कदै गरेको को २ त ५९१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडबाट ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी गम्भिर घाईते भएका सहचालक भुजेलको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । भोजपुर अरुण गाउँपालिका–६ बस्ने २५ बर्षीय ट्याक्टर चालक महेन्द्र बि.क. समेत घाईते भएका छन् ।

उनको घोपा धरानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.