नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुद्वारा सपथ ग्रहण

नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुद्वारा सपथ ग्रहण

२१ फागुन, काठमाडौं । गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको सथपग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार बिहान राष्ट्रियसभाका १८ सदस्यलाई सपथ ग्रहण गराएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका दुई सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् । मंगलबार राष्ट्रपतिबाट मनोनित १ सहित १९ जनाको कार्यकाल सकिएको थियो । रिक्त पदका लागि गत माघ ९ गते निर्वाचन भएको थियो ।

यद्यपी राष्ट्रपतिबाट मनोनित हुने सदस्यको भने टुंगो लागेको छैन । सत्तारुढ दल नेकपाको सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपनि सिफरिस भने भएको छैन ।

सपथ लिने सदस्यहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भूसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, तुलसाकुमारी दाहाल, राधेश्याम पाश्वान, शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

यसैगरी भगवती न्यौपाने, तारामान स्वाँर, शारदादेवी भट्ट, सुमित्रा विसी, मायाप्रसाद शर्मा, गोपाल भट्टराई, विमला घिमिरे, गंगाकुमारी बेल्बासे र जगतप्रसाद शर्माले पनि आज नै सपथ लिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.