प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । शल्यक्रियाका लागि बुधवार बिहान १० बजे अप्रेसन थिएटरमा लगिएका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको स्रोतले जनाएको छ ।

मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको अस्पतालले जनाएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

प्रधानमन्त्रीको अवस्थाबारे थप जानकारी केहीबेरपछि गराउने अस्पतालले जनाएको छ । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.