नेपालमा भित्रियो धुँवारहित इँट्टा उत्पादन गर्ने प्रविधि

नेपालमा भित्रियो धुँवारहित इँट्टा उत्पादन गर्ने प्रविधि

२१ फागुन,काठमाडौँ ।
नेपालमा धुँवारहित ईटा उत्पादन गर्ने प्रविधि असल ईटा पद्धति (Good Bricks System)भित्रिएको छ । गोरखा ईन्नोटेक प्रालिले पहिलो पटक असल ईटा पद्धतिबाट ईटा उत्पादन सुरु गरेको हो । प्रालिले माघ महिना देखि असल ईटा पद्धतिबाट ईटा उत्पादन सुरु गरेको हो ।

असल ईटा पद्धतिलाई कोरियन कम्पनी ईन्नोसिएसआर ले नेपाल भित्र्याएको हो । ईन्नोसिएसआरले नेपालमा औपचारिक रुपबाटै असल ईटा पद्धतिको व्यवसाय सुरु गरेको छ । कम्पनीले बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरि असल ईटा पद्धतिको बारेमा जानकारी गराएको हो ।

ईन्नोसिएसआर का सिईओ साम योन्सुक लि ले धुँवारहित यो प्रविधि वातावरण र श्रम मैत्री हुनुको साथै परम्परागत भन्दा अत्याधिक उत्पादन गर्न सकिने बताए । उनले यो प्रविधि ईटा उत्पादनको क्षेत्रमा नविनतम बैकल्पिक प्रविधिको रुपमा नेपाल भित्र्याईएको पनि बताए । झण्डै २ करोड लागत लाग्ने यो प्रविधिको प्रयोगले बर्षैभरी ईटा उत्पादन गर्न सकिने उनले बताए ।

धुँवा रहित प्रविधिबाट ईटा उत्पादन गर्दा माटो, सिमेन्ट र स्वाईल स्टेवलाईजर (Soil Stabilizer)  पानीको मिश्रणबाट मजबुत पारी तयार गरिन्छ । तत्कालका लागि स्वाईल स्टेवलाईजर कोरियाबाट नै ल्याउनुपर्ने भएपनि भविश्यमा नेपालमा नै उत्पादन गर्ने तयारी भईरहेको ईन्नोसिएसआर का सिईओ लि बताए ।

बार्षिक २ करोड ईटा उत्पादन क्षमता रहेको यो प्रविधिबाट ५ दिनमा प्रयोग गर्न सकिने ईटा तयार हुन्छ । परम्परागत प्रणालीमा प्रयोग गर्न मिल्ने ईटा तयार हुनका लागि कम्तिमा २८ दिन लाग्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.