बलात्कार आरोप लागेका पूर्वडीएसपी र प्रदेश सांसद पक्राउ

बलात्कार आरोप लागेका पूर्वडीएसपी र प्रदेश सांसद पक्राउ

२२ फागुन, काठमाडौं । आफ्नै कार्यकक्षमा बोेलाएर एक युवतीलाई बलात्कार गरेको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुखका रूपमा कार्यरत रहेका बेला पूर्वडीएसपी खिउजीले ती युवतीलाई डर देखाएर बलात्कार गरेको आरोप लागेपछि उनले प्रहरी संगठनबाट राजीनामा दिएका थिए ।

यसैबीच एक महिलालाई पटक–पटक बलात्कार गरेको अभियोग लागेका नेकपाका एक प्रदेश सांसदलाई पनि प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।

तत्कालीन नेकपा एमालेका तर्फबाट प्रदेशसभामा निर्वा्चित सांसद अक्कल रावललाई प्रहरीले कैलालीबाट पक्राउ गरेको हो। रावलबाट पीडित भनिएकी महिलाले यही फागुन १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.