२२ फागुन, विराटनगर ।
सुनसरीको बर्जु गाउँपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न सामाजिक काम गर्दै आएका रोटरी क्लव अफ विराटनगर डाउनटाउन ,रोट्रयाक्ट क्लव अफ विराटनगर डाउनटाउन र इस्टर्न सुगर मिलको आयोजनामा बिहीबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
विराट नर्सिङ होमको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा ४ सय जना बिरामी लाभान्वित भएको रोटरी क्लव अफ विराटनगर डाउन टाउनकी प्रिसिडेन्ट अर्चना तापरियाले जानकारी दिइन् ।
स्वास्थ्य शिविरमा जनरल मेडिसिन, हाडजोर्नी, स्त्री तथा प्रसुती, बाल रोग र निः शुल्क अल्ट्रा साउण्डको सेवा दिइएको थियो । बिरामीहरुलाई अत्यावश्यक औषधी पनि निशुल्क वितरण गरिएको तापरियाले बताइन् ।