मोरङमा होली नखेल्न जिल्ला प्रशासनको आग्रह

मोरङमा होली नखेल्न जिल्ला प्रशासनको आग्रह

२२ फागुन, विराटनगर ।
विश्वभर फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा होली नखेल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्याल मोरङले विहीबार एक विज्ञप्ति जारी गर्दै भिडभाड, सभा, उत्सव, सम्मेलन तथा कार्यक्रममा जिल्लाबासीलाई उपस्थित नहुन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलद्वारा जारी सूचनामा विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना भाइरसको संक्रमणको उच्च जोखिम क्षेत्रमा राखेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 चीनको बुहानबाट फैलिएको कोरोना भाईरस(कोभिड–१९)को नेपालमा उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनले जनाएपछि नेपालमा उच्च सर्तकता अपनाउन थालिएको छ । विभिन्न जिल्लाहरुले होली नखेल्न आग्रह गरेका छन् । यसअघि बुधबार काठमाडौँ जिल्ला प्रशासनले पनि होलीको कार्यक्रम नगर्न भनेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.