२३ फागुन, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा रहेको लोहन्द्रा खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न रहको चार वटा टिपरलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
विहिबार जिल्ला मोरङ ग्रामथान गाउँपालिका ६ नेताचोकस्थित लोहन्द्रा खोलाबाट बालुवा अवैध रुपमा उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा को १ ख ५६८८ टिपर, को १ ख ६९८१ टिपर, ना ५ ख ९०७० टिपर, को १ ख ७३३३ टिपरलाई ईलाका प्रहरी कार्यालय सुन्दरहरैंचाबाट खटिएको प्रहरी नायव निरिक्षकको टोलीले नियन्त्रणमा लिएको हो ।

आवश्यक कारवाहीका लागि ती टिपर ग्रामथान गाउँपालिकाको कार्यालयमा बुझाउने पहल भई रहेको समेत प्रहरी जनाएको छ ।
