आजका प्रमुख खबरहरुः
१.(गच्छदारलाई पत्र काटियो)
ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले आरोपपत्र दायर गरेका मध्ये ७४ जनालाई अदालतमा उपस्थित हुन विशेष अदालतंद्वारा १५ दिने म्याद जारी /गच्छदारलाई ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबी ।
२.(औषधिको अभाव हुन्न)
६ महिनासम्म औषधिको अभाव नहुने नेपाल औषधि उत्पादक संघको दाबी/नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको भन्दै अफ्ठ्यारो अवस्थामा विदेशसंग माग्नुभन्दा नेपाली उद्योगीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड ।
३.(सरकार भएको आभास)
नेपाल आउने कुनै पनि औषधि भारतले नरोक्ने जवाफ दिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाई /मास्क र स्यानिटाइजर आयात गर्दा लाग्ने भन्सार महसुल छुट दिने सरकारको तयारी ।
४.(स्वास्थ्यमा सुधार )
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत रुपमा क्रमिक सुधार भइरहेको अस्पतालको भनाई/ प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो /मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार ।
५.(जरुरी संकल्प प्रस्ताव)
कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोनाविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै नेपाली कांग्रेसद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस / कोरोनाबाट बच्न तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न आग्रह ।
६.(कोरोनाको चिन्ता)
कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बहुराष्ट्रिय सहकार्यको आवश्यकतामा सांसद दिलेन्द्रप्रसाद बडुको जोड/भारतसँगको खुला सीमाना र विमानस्थलमा विशेष सावधानी अपनाउन सांसदहरुको आग्रह ।
७.(सरकारको आश्वासन)
कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य गरि आवश्यक व्यवस्था मिलाउने काम भएको सरकारको स्पष्टोक्ति/मुल्यवृद्धि हुन्छ भनेर बजारमा औषधि लगायतका सामाग्रीहरु अभाव देखिएपनि सरकारले आपुर्तिको सहज व्यवस्था गर्नेे विश्वास ।
८.(भनाइ र गराइको अर्थ)
कोरोनाभाइरस नियन्त्रणका लागि भाषणभन्दा पनि काम गर्नतिर सरकारले ध्यान दिनुपर्ने सांसद देवप्रसाद तिमिल्सिनाको भनाई /सदनमा हात धुनुपर्छ भनेर भाषण दिने तर संसदबाहिर नै पानी नभएको सांसद गगन थापाको टिप्पणी ।
९.(हल्लाको पछि नलाग्नुस्)
हल्लाको पछि नलाग्न विद्यार्थी र अभिभावकहरूलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलको आह्वान / शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्वनिर्धाति तालिकाअनुसार नै एसईई परीक्षा र कक्षा १–९ को जाँच हुने मन्त्रालयको प्रष्टोक्ति ।
१०.(लिडरको परिभाषा)
नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टि हुनुपर्नेमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको जोड / अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने उल्लेख ।
११.(मर्ने बेलामा हरियो काक्रो)
उपसभापति विजयकुमार गच्छदार समूहका ११ जना नेतालाई नेपाली कांग्रेसले बनायो केन्द्रीय सदस्य /तत्कालीन लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएकाहरूलाई समेटेर सभापति शेरबहादुर देउवाद्धारा केन्द्रीय सदस्यमा मनोनित ।
१२.(हिम्मतिलो सरकार)
वीरगञ्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ सरकारले संवैधानिक इजलासमा मुद्दा दायर गर्ने /जग्गा बिक्री रोक्न र सरकारी कार्यालय आफ्नो मातहत ल्याउन संघीय सरकारलाई विपक्षी बनाएर मुद्दा दायर गर्ने सरकारको निर्णय ।
१३.(कहाँ पुग्ने हो नि ?)
अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ निरन्तर उक्कालो लाग्यो /शुक्रबार तोलामा १८ सयले बढेर अहिलेसम्मकै उच्च ८२ हजार पाँच सय रुपैयाँमा पुगेर नयाँ कीर्तिमान कायम ।
१४.(भाग्यले ठगेपछि)
एसीसी इस्टर्न रिजन टि २० प्रतियोगिता अन्तर्गत पहिलो खेलमा वर्षाका कारण मैदान गिलो भएकोले नेपाल र सिंगापुरबीचको खेल रद्द /तीन अंकसंगै नेपालको इस्टर्न रिजनको यात्रा टुंगियो ।
र,
१५.(भुटानमा नि कोरोना)
भुटानमा एक अमेरिकी नागरिकमा कोरोनको संक्रमण देखा परेपछि तुरुन्तै सीमा नाका बन्द /अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो / विश्वभर ९८ हजार ३सय ८७ जनामा संक्रमण/३ हजार ३ सय ८३ जनाले मृत्यु ।