विद्यार्थीलाई आफ्नै हात ब्लेडले चिर्न लगाउने शिक्षिका बर्खास्त

विद्यार्थीलाई आफ्नै हात ब्लेडले चिर्न लगाउने शिक्षिका बर्खास्त

२४ फागुन, काठमाडौँ ।
शिक्षिकाद्वारा विद्यार्थीलाई आफ्नै हात ब्लेड (पत्ति)ले चिर्न लगाएर ‘निर्मम’ सजाय दिने गरेको खुलासा भएको छ ।

कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई यस्तो निर्मम सजाय दिने शिक्षिकालाई बर्खास्त गरी अनुसन्धान सुरु गरिएको काठमाडौँको जडिबुटी स्थित जागृति एकेडेमीले जनाएको छ ।

सामाजिक शिक्षाको परीक्षामा कम नम्बर ल्याएको भन्दै विगत १२ वर्षदेखि अध्यापनरत शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गएको हप्ता कक्षा ६ र ७ मा अध्ययनरत ३० भन्दा बढी विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएकी थिइन् ।

राम्रो नम्बर नल्याउने विद्यार्थीलाई शिक्षिकाले पेन्सिल सार्पनरको ब्लेडले नाडीमा काट्न लगाएकी हुन् । २० पूर्णाङ्क मध्ये १५ अंक भन्दा कम ल्याउने विद्यार्थीलाई शिक्षिकाले हात काट्न लगाएकी हुन् ।

विद्यालयका प्रधानाध्यापक राजनकुमार श्रेष्ठले यस्तो गर्ने शिक्षिकालाई शुक्रबार नै बर्खास्त गरिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरीले पनि घटनाबारे अनुसन्धान थालेको छ । यस्तै घटनाबारे छलफल गर्न विद्यालय कार्यसमितिको बैठक शनिबार बसिरहेको प्रधानाध्यापक श्रेष्ठले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.