चिनियाँ राष्ट्रपतिले गरे प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

चिनियाँ राष्ट्रपतिले गरे प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

२४ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई खाना दिइनुका साथै हिडडुल समेत गराउन थालिएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीको फिजियोथेरापीलाई समेत निरन्तरता दिइएको छ । उनको भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन् । कार्यकारी निर्देशक खड्काका अनुसार मृगौला दाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार भइरहेको छ । उनले पनि हिडडुल गर्न थालेका छन्  ।

चिनियाँ राष्ट्रपति शि जिङपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन । लिखित सन्देश पठाउँदै राष्ट्रपति सि ले ओलीको स्वास्थयलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । नेपाल र चीनका दुबै पार्टी र देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफु इच्छुक रहेको पनि शिले बताएको थापाले जानकारी दिए ।

गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.