विश्वास अधिकारीका कभरगीत युट्युबमा लोकप्रिय बन्दै

विश्वास अधिकारीका कभरगीत युट्युबमा लोकप्रिय बन्दै

२६ फागुन, विराटनगर । क्षमता भएको ब् यक्तिले अब आफूभित्र रहेको क्षमता दबाएर बस्नुपर्ने दिनको अन्त्य भएको छ । अवसर र स्थान नपाएकाले अब आफै आफूमा अन्तरनिहीत क्षमता विश्वमाझ सहज रुपमा राख्न सक्ने भएका छन ।

प्रविधिको तीव्र विकासले पछिल्लो समय संगीत क्षेत्रमा कसरत गरिरहेका युवा पुस्ताहरुलाई आफ्नो क्षमता र प्रतिभा देखाउन निकै सहज भइरहेको छ ।

नेपाल आईडल, भ्वाईस अफ नेपाल जस्ता ठूला फ्रेन्चाईज रियालिटी शो नेपालमा भित्रिएपछि यस क्षेत्रमा एउटा नयाँ आयाम नै थपिएको छ । यिनै शो मार्फत दर्जनौ कलाकारहरुको जन्म भइसकेको छ ।

यसबाहेक युट्युब मार्फत कभर गीत गाएर श्रोता तथा दर्शकमाँझ सजिलै आफ्नो प्रतिभा देखाउने ट्रेण्ड पनि उत्तिकै छ हिजोआज । यस्तै आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाउन युवा गायक विश्वास अधिकारीले युट्युबलाई रोजेका छन् ।

उनले युट्युबमार्फत कभर गीत गाएर नै आफ्नो सुरिलो स्वर दर्शकश्रोता सामु प्रस्फुटन गरिरहेका छन्। आफुले नेपाली गीत संगीत बाटै केही गर्ने सोच बनाएकोले सुरुवाती चरणमा युट्युबमा कभरगीत गाएर आफ्नो परीक्षा लिन चाहेको गायक अधिकारी बताउँछन् ।

गठ्ठाघर भक्तपुर निवासी विश्वास अधिकारी काठमाडौ विश्वविद्यालयको तेस्रो वर्षमा अध्ययनरत छन् । गायक अधिकारीका अनुसार उनले अहिलेसम्म ३ वटा गीत सार्बजनिक गरेका छन । उनका गीतहरु युट्युबमा बिश्वास अधिकारी च्यानलमा हेर्न सकिनेछ ।

उनका गितहरु:
प्रथम: https://www.youtube.com/watch?v=Y2ty1zwCVkM&feature=youtu.be
दोस्रो: https://www.youtube.com/watch?v=ztd_D2l1Kdk&feature=youtu.be
तेस्रो : https://www.youtube.com/watch?v=e__4PtmAfcE&feature=youtu.be

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.