रूख काट्ने क्रममा काट्नेलाई रुखले किच्यो

रूख काट्ने क्रममा काट्नेलाई रुखले किच्यो

२६ फाल्गुन, ईलाम । इलामको माङसेबुङ गाउँपालिका ६ नागी बस्ने २६ बर्षीय भुपाल राईको रूखले किचेर मृत्यु भएको छ ।

आइतवार दिउँसो घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा रूख ढलेर आफैलाई किच्दा घाईते भएका राईलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.