सभामुख सापकोटा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

सभामुख सापकोटा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

२७ फागुन, काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।

नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्राकृतिक सम्बन्ध भएकोले सरकार—सरकार, संसद—संसद र जनता—जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.