प्रेस लेखिएको मोटरसाइकलमा लागुऔषध बरामद, दुईजना पक्राउ

प्रेस लेखिएको मोटरसाइकलमा लागुऔषध बरामद, दुईजना पक्राउ

२७ फागुन, बारा । प्रेस लेखिएको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा लागुऔषधसहित दुईजनालाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्जका जितेन्द्रकुमार सिंह र भारतका नासिर आलम छन् । चेकजाँचको क्रममा शंका लागि खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध बरामद गरिएको बाराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रहरीले डाइजीपाम ३०० पिस, नुफिन ३०० पिस, फेनारगन ३०० पिस गरी जम्मा ९०० पिस लागुऔषध बरामद गरेको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.