झापाबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ

झापाबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ

२७ फाल्गुन, झापा। झापाको दमक नगरपालिका ३ मावाखोला पुलबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ परेका छन् ।

मावा खोला पुल आसपास हतियार सहित १ ब्यक्ति घुमफिर गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका ९ का ४४ बर्षीय मेघराज गौतमलाई १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली १ थान र खाली खोका २ थान सहित पक्राउ गरेको हो ।

हतियार सहित पक्राउ परेका गौतमको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.