२७ फाल्गुन, सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ को भित्री सडक खण्डमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ ।
सोमवार उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १२ प ४२० नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएका स्थानीय ६० बर्षीय झबर मेहेताको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । मोटरसाईकल र चालक प्रहरी चौकी भोक्राहाले नियन्त्रणमा लिएको छ ।