प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षा अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षा अस्पतालबाट डिस्चार्ज

२८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौला आज डिस्चार्ज भएकी छन् ।

प्रधामन्त्रीकी भान्जी नाता पर्ने झापाकी संग्रौला गत साताको सोमबार शिक्षण अस्पतलमा भर्ना भएकी थिइन् । संग्रौलाको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि डिसचार्ज गरिएको असपतालले जनाएको छ ।

गत बुधवार संग्रौलाको एक मिर्गौला प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.