भारत हुँदै काँकरभिट्टा आइपुगेका युक्रेनी दम्पत्तीमा ज्वरो देखिएपछि भारततर्फै फिर्ता पठाइयो

भारत हुँदै काँकरभिट्टा आइपुगेका युक्रेनी दम्पत्तीमा ज्वरो देखिएपछि भारततर्फै फिर्ता पठाइयो

२९ फागुन, झापा । भारतका विभिन्न शहर हुँदै नेपाल आएका युक्रेनी दम्पत्तीमा ज्वरो देखिएपछि पूर्वी नाका काँकरभिट्टाबाट भारततर्फै फिर्ता पठाइएको छ । उनीहरु बिहीबार दिउँसो नेपालको पूर्वी सीमा काँकरभिट्टा आइपुगेका थिए ।

अध्यागमन कार्यालय काँकरभिट्टामा उनीहरुको शरीरको तापक्रम नाप्दा ज्वरो देखिएपछि भारततिरै फर्काइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

एकजनाका मात्र ज्वरो देखिएको भए अलि शंकास्पद नहुने तर दुई जनामै ज्वरो देखिएपछि कोरोना संक्रमण भएको हो कि भन्ने आशंका भएर भारततिरै फर्काइएको पोखरेलले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.