कटुवा पेस्तोलसहित मोरङबाट ३ भारतीय पक्राउ

कटुवा पेस्तोलसहित मोरङबाट ३ भारतीय पक्राउ

३० फागुन, विराटनगर ।

मोरङ सुनवर्षी–८ हर्चनगढीबाट हतियारसहित ३ भारतीय नागरिक पक्राउ परेका छनु ।

पक्राउ पर्नेमा भारतको जिल्ला अररिया धर्मगंज पंचायत पलासी थाना डकैता बस्ने २१ बर्षीय अजयकुमार मण्डल, १८ बर्षीय आन्नदकुमार मण्डल र २१ बर्षीय राकेशकुमार साह रहेका छन ।

विहीबार राती सवाँ ८ बजे हर्चनगढीमा रहेको एक घरमा मादक पदार्थ सेवन गरी बसिरहेका उनीहरुलाई १ थान कटुवा पेस्तोल,१ राउण्ड गोली र उनीहरुले प्रयोग गरेको १ थान १५० सि.सि.को पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उनीहरुका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.