३० फागुन, काठमाडौं । सरकारले कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन शुक्रबारबाट ’कल सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ ।
रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो ।
आजबाट कसैलाई कोरोना भाइरसबारे केही जान्न मन लागे १११५ नम्बरमा कल गर्न सकिने पाण्डेले बताए । उनले कल सेन्टरलाई २४ सैं घन्टा सञ्चालनमा ल्याइने बताए ।
कल सेन्टरमा ६ जना कर्मचारी रहने र मानिसहरूले सोधेको प्रश्नको उत्तर कर्मचारीहरुले दिने ुमेत उनले बताए ।
अब कसैले आफूलाई औषधी र अस्पतालबारे जानकारी लिन चाहे कल सेन्टरबाट लिन सक्नेछन् । पाण्डेका अनुसार कोरोना भाइरसबाहेक अन्य चासो पनि कल सेन्टरमा फोन गरेर सोध्न सकिनेछ ।