चीनबाट फर्किएका एक जनालाई कोरोनाको आशंकामा सेती अस्पतालको आइसोलेसनमा भर्ना

चीनबाट फर्किएका एक जनालाई कोरोनाको आशंकामा सेती अस्पतालको आइसोलेसनमा भर्ना

३० फागुन, धनगढी । चीनबाट फर्किएका एक व्यक्तिलाई कोरोनाभाइरसको आशंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

ज्वरो र छाती दुख्ने समस्या देखिएपछि उक्त व्यक्तिलाई बिहीबार आइसोलेसनमा भर्ना गरिएको अस्पतालका चिकित्सक जगदिश जोशीले जानकारी दिए ।

यसअघि तीन जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको जोशीले बताए । अहिले सेती प्रादेशिक अस्पतालमा दुइटा आइसोलेसन बेड छन् ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गर्न मिल्ने भएकाले देशभरि जुन ठाउँको पनि परीक्षण गर्नुपरे काठमाडौं नै पठाउनुपर्ने हुन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.