घर भत्कदा दुई छोरीको मृत्यु, आमा गम्भिर घाइते

घर भत्कदा दुई छोरीको मृत्यु, आमा गम्भिर घाइते

१ चैत्र, डोल्पा ।
डोल्पामा अविरल बर्षाले निर्माणाधिन घर भत्कदा दुई बालिकाको मृत्यु भएको छ।

त्रिपुरासुन्दरी नगरपालिका–४ रंग गाउँका १२ वर्षिया मन्जु बुढा र २ वर्षिया लक्ष्मी बुढाको घरले थिचिएर मृत्यु भएको हो। गएराति करिब २ बजे परेको अविल वर्षाका कारण घर भत्केको स्थानीय बिरबहादुर बुढाले बताए।

घर भत्कदासँगै सुतिरहेकी बालिकाका आमा ३५ वर्षिया जमति बुढा भने गम्भीर घाइते भएकी छन्। बाबु बमबहादुर बुढा र छोरा उपेन्द्र बुढा भने सकुसल रहेको त्रिपुरा प्रहरी चौकीका इन्चार्ज सुशील रावलले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.