१ चैत्र, सिन्धुली ।
सिन्धुलीको एक घरमा प्रयोग गरिएको विद्युत लाइनमा हाइभोल्टेज करेन्ट आउँदा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ।
हाइभोल्टेज करेन्ट आउदा कमलामाई नगरपालिका–७ सिम्लेकी ३९ वर्षिया माइतीमाया भोलनको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
मृतक भोलनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिए।
उनका अनुसार हाइभोल्टेजका कारण सोही ठाउँकी २८ वर्षिया देवकुमारी घिसिङ, ४२ वर्षिय पदमबहादुर घिसिङ र ५१ वर्षका ज्ञानबहादुर थिङ घाइते भएका छन्। घाइते तीन जनाकै उपचार भइरहेको अस्पताल विकास समितिका अध्यक्ष पोखरेलले बताए।
नेपाल विद्युत प्राधिकरण सिन्धुलीले वितरण गरेको राष्ट्रिय प्रशारण लाइनमा नै हाइभोल्टेज आउँदा शनिबार बिहान २ बजे करेन्ट लागेको स्थानीयले जनाएका छन्।