कोरोना रोकथाम बारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौंमा

कोरोना रोकथाम बारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौंमा

२ चैत, काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई सरकारले काठमाडौं बोलाएको छ । कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको हो।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ । उक्त समितिले नै बैठकका लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो। बैठक सिंहदरबारमा बस्नेछ ।

उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले दिउँसो १ बजे बैठक राखिएको जानकारी दिए । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म सरकारले गरेका कार्यप्रगतिका विवरण पेश गर्ने कार्यक्रम छ । मुख्यमन्त्रीहरूले पनि कोरोनाभाइरस संक्रमण फैलन नदिन गरेका पूर्वतयारीबारे बैठकमा रिपोर्टिङ गर्ने कार्यक्रम छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.