आजका प्रमुख खबरहरुः
१.(कोरोनाका लागि एकजुट)
कोरोना भाइरस संक्रमण भित्रिन नदिन केन्द्र सरकारले बजेटको व्यवस्था गरिदिनु पर्ने सातै प्रदेशका मुख्यमन्त्रीहरूको माग/ उपप्रधान ईश्वर पोखरेलको नेतृत्वमा गठित कारोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सहभागिता ।
२.(कोरोनाले जोड्यो)
कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न प्रधानमन्त्री केपी शर्मा ओली लगायत दक्षिण एसियाली देशहरुद्वारा साझा रणनीति बनाउने विषयमा भिडियो संवाद /संवादमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्नभव र अब गर्न सकिने कामका बारेमा राय प्रस्तुत ।
३.(पर्यटनका सपना)
पर्यटन क्षेत्रको दिर्घकालीन विकासका लागि १० वर्षे रणनीति आवश्यक रहेको पर्यटन मन्त्रीको योगेश भट्टराईको भनाई /पर्यटन क्षेत्रको विकासका लागि केन्द्र सरकार एक्लैले केही गर्न नसक्ने उल्लेख ।
४.(तयारी राम्रो)
तराई मधेसको बाढी र डुबान लगायत समस्या समाधानका लागि सबै तहका सरकारसंग समन्वय भईरहेको उर्जामन्त्री बर्षमान पुनको स्पष्टोक्ति/सबै भन्दा बढी कोशी र नारायणी क्षेत्रको चुरे बढी जोखिममा रहेको उल्लेख ।
५.(संयमता अपनाउ)
नेपालमा कोरोना भाईरसको संक्रमणलाई प्रवेश नदिने गरि आवश्यक तयारी गरेको भन्दै संयमित हुन सरकारको अपिल / भयभीत र आतंकित नबन्न स्वास्थ्य मन्त्री भानुभक्त ढकालको आग्रह /एसइईको परीक्षा सर्न सक्ने ।
६.(निजामतिमा राजनीति)
निजामति सेवा ऐनको विधेयक अन्तिम चरणमा पुगेपनि सामान्य प्रशासन मन्त्री ह्देयश त्रिपाठीले राजनीतिक सहमति जुटाउन समय मागेपछि सांसदहरु आक्रोशित / विभिन्न बाहनामा सरकारले सार्न र टार्न खोजेको भए विधेयक नै फिर्ता लैजान चेतावनी ।
७.(उपभोक्ता नै अनुगमनकर्ता)
विपद्को समयमा बजारमा हुने कलोबजारी र कृत्रिम अभावको विषयमा उपभोक्ता आफै अनुगमनकर्ता बनेर सरकारलाई सूचना दिनुपर्ने उद्योगमन्त्री लेखराज भट्टको भनाई /सूचनाको आधारमा विभागले कारवाही नगरे आफुलाई भन्न आग्रह ।
८.(ग्यासको लाइन नबस्नुस्)
प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था नआउने नेपाल आयल निगमको भनाई /विपदको समयमा बजारमा कृत्रिम अभाव देखिएपनि अभाव नै नहुने उल्लेख ।
९.(डेंगी पनि आयो)
गर्मी सुरू भएसँगै पछिल्लो दुई महिनामा देशभर ३६ जनामा डेंगीका विरामी फेला/डेंगी अरू भाइरसजस्तो खतरा नभएकोले यसबाट आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको टेकु अस्तपतालको भनाई ।
१०.(रहस्यमय मृत्यु)
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा अवैद्य घरेलु मदिरा सेवनबाट ८ जना मृत्युको घटना सेलाउन नपाउँदै जनकपुरमा थप चारजनाको शंकास्पद मृत्यु /अन्य तीनजनाको अवस्था चिन्ताजनक ।
११.(सीमामा कांग्रेसको राजनीति)
नेपाली भूमिमा सहायक सीमास्तम्भ गाडिएको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताद्वारा कञ्चनपुरस्थित सीमास्तम्भ तोडफोड/ सीमा विवादको विषय छलफलको विषयबन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको शशस्त्र प्रहरीको भनाई ।
१२.(ब्यवसायी स्वार्थी बन्दै)
अन्तर्रा्िष्ट्रय बजारमा कच्चा तेलको मूल्य घट्दै गएपछि नेपालमा पनि मूल्य घट्ने भएकाले पेट्रोलियम व्यवसायीहरुले आइतबार निगमको डिपोबाट पेट्रोल नै उठाएनन् /अधिकांश पेट्रोल पम्पहरुद्धारा पेट्रोल बेच्न नै बन्द, केही पम्प बन्द ।
१३.(समय थप)
नेपाल स्टक एक्सचेन्ज (नेप्से)द्वारा आइतबारदेखि शेयर कारोबारको समय एक घण्टा थप / नेप्सेको कारोेबार समय बढ््दा बजारमा सकारात्मक फाइदा पुग्ने नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदलको दावी /समय बढाउँदा कारोबार रकम अझ बढ््न सक्ने अपेक्षा ।
१४.(कोरोनाले छाडेन)
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण खेलकुदका गतिविधि पनि ठप्प / भाइरस युरोपेली राष्ट्रमा द्रुत गतिमा फैलिएपछि अन्तिम चरणमा रहेका विश्वको चर्चित फुटबल लिगहरु समेत प्रभावित ।
र,
१५.(भयावह बन्दै कोरोना)
तीव्र रुपमा फैलिएको कोरोना भाईरस १ सय ५२ वटा मुलुकमा देखा परेको पुष्टि / भाईरसको संक्रमणबाट विश्वभर ५ हजार ८ सय ३९ जनाको मृत्यु /१ लाख ५६ हजार संक्रमित /७५ हजार ९ सय ३७ जना उपचार पछि घर फर्किए ।