२ चैत, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न आपतकालिनकोष निर्माणका लागि भारतले सार्क राष्ट्रहरु समक्ष प्रस्ताव राखेको छ । दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखहरुसँगको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन कोष स्थापनाका लागि भारतले १० मिलियन अमेरिकी डलर (११ अर्ब ८० करोड रुपैयाँ ) राख्ने घोषणा समेत गरे ।
आपतकालिन कोषमा जम्मा रहेको रकम सार्क राष्ट्रमध्ये जुन देशलाई आवश्यक पर्छ उसले प्रयोग गर्न सक्ने प्रस्ताव समेत उनले राखे । भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्रीमोदीले भने–‘महामारीले कस्तो रुप लिन्छ भन्ने थाहा छैन तर आउँदा दिनमा यसको संक्रमण बढ्न दिनु हुँदैन् । इमरजेन्सी फण्ड निर्माण गरौँ त्यसकालागि भारतले १० मिलियन युस डलर फण्डमा राख्छ । शुक्रबार भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु एकजुट भएर कोरोना विरुद्ध लड्न तयार हुनुपर्ने बताएका थिए । भारतीय प्रधानमन्त्रीमोदीको सक्रियतामा आज सार्कका सबै सदस्य राष्ट्रहरु छलफलमा जुटेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको कुल जनसंख्याको पाँचभागको जनसंख्या दक्षिण एसियाली मुलुकमा बसोबास रहेका भन्दै भारत कोरोना संक्रमणको चुनौति सामना गर्न तयार रहेको र आवश्यक तयारी गरिएको भन्दै नआत्तिन आग्रह गरे । उनले कोरोना भाईरसको संक्रमणबाट नआत्तिन तथा नजरअन्दाज पनि नगर्न आग्रह गरे ।
कोरोना भाईरस संक्रमणको जोखिम न्यूनीकरण गर्न प्रोएक्टिभ ढंगले कदम चाल्नुपर्नेमा उनले जोड दिए । भारतमा अहिले कोरोना संक्रमितहरु बढ्दै गएपनि सरकार स्टेप स्टेप गरेर संक्रमणलाई कमगर्दे लैजाने प्रतिवद्धता जनाए । अस्पतालमा आवश्यक पर्ने जनशक्ति देखि सबै किसिमकाप्रविधि र पुर्वाधारको क्षमताअभिवृद्धि गर्र्नुको साथै तेश्रो मुलुकबाट आउनेले अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्थागरिएको भन्दै २ महिनाभित्र संक्रमण नियन्त्रण गर्ने दाबी पनि उनले गरे । उनले संक्रमणको संभावित जोखिमलाई मध्यनजर गरे थप क्वारेन्टाईन र आईसोलेसन सुविाधाको व्यवस्था गरिएको बताए ।