सतुंगलबाट १ सय ७७ बोरा मास्कसहित दुई व्यापारी पक्राउ

सतुंगलबाट १ सय ७७ बोरा मास्कसहित दुई व्यापारी पक्राउ

३ चैत, काठमाडौं । सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार बिहान प्रहरीले विष्णुदेवी विन्दवासिनीस्थित एक घरबाट १ सय ७७ बोरा बरामद गरेको हो । प्रहरीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.