डिभी तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्टहरू अमेरिकी दूतावासद्वारा अनिश्चितकालका लागि रद्द

डिभी तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्टहरू अमेरिकी दूतावासद्वारा अनिश्चितकालका लागि रद्द

३ चैत, काठमाडौैं । अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गरेको छ ।

सोमबार सूचना जारी गर्दै दूतावासले कोरोनाभाइरसका कारण मंगलबारदेखि लागू हुनेगरी अनिश्चितकालका लागि भिसा रद्द गरेको हो ।

दूतावासले चाँडै भिसा सेवा पुनस् सञ्चालन गर्ने बताएको छ । अत्यन्त जरूरी कामका लागि वा तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्न दूतावासले [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

दूतावासले त्यहाँ उपलब्ध गराइएका निर्देशनहरूको पालना गर्न सम्बन्धितलाई आग्रह गरेको छ । एमआरभी शुल्क भने भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.