स्काभेटर र जेसीभीमा अज्ञात समूहद्वारा आगजनी

स्काभेटर र जेसीभीमा अज्ञात समूहद्वारा आगजनी

३ चैत, म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ६, तोलाबाङमा गएराती स्काभेटर र जेसीभी मेसिनमा अज्ञात समूहले आगजनी गरेको छ ।

क्याराबान कन्स्ट्रक्सनको बा २ क ७४४ नम्बरको जेसीभी र बा २ क ९२१० (पिसी–२१०)को स्काभेटर मेसिन आगजनीबाट पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

रातको १२ बजेर ४५ मिनेटको समयमा मेसिनमा आगो लागेको सूचना प्राप्त भएलगत्तै पुगेको प्रहरीको टोलीले करिब १ घण्टाको प्रयासमा आगो निभाएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

अहिले आगजनी गर्नेहरुको खोजीकार्य सुरु गरिए पनि कसले आगो लगाएको भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । बेनी–दरबाङ सडकखण्डको मंगला गाउँपालिका–२, लाम्पाटादेखि मालिका गाउँपालिका–६, दरबाङ जोड्ने सडक स्तरोन्नतिका लागि दुवै मेसिन परिचालन गरिएको थियो ।

स्काभेटर र जेसिभीमा आगोलागी हुँदा डेढ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.