अवैध दुई थान पेस्तोलसहित एक जना पक्राउ

अवैध दुई थान पेस्तोलसहित एक जना पक्राउ

३ चैत, रौतहट । अवैध पेस्तोलसहित एक जनालाई ससस्त्र प्रहरीले सोमबार पक्राउ गरेको छ । रौतहटको यमुनामाई गाउँपालिका–३ राजपुर तुलसी निबासी ४९ वर्षीय शेष बैतुल्लालाई दुई थान पेस्तोल सहित पक्राउ गरेको छ ।

पक्राउ परेका बैतुल्लाको साथ बाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउण्ड २ थान, मोबाईल (सामसुङ्ग र नोकिया) २ थान, घडी थान १ , नेपाली ३ हजार ४ सय ८० रुपैया, भारतीय २१ रुपैया, साउदी रियाल एक, नेपाली नगरिकता प्रमाणपत्र थान १, सवारी चालक अनुमति पत्र थान १, बी आर ०५ टी ८१३६ को मोटरसाईकल एक बरामद भएको जनाइएको छ ।

ससस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजीतले ससस्त्र प्रहरीको गस्ति टोलिले अबैध पेस्तोल सहित एक जना पक्राउ गरिएको बताए । पक्राउ परेका बैतुल्लालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको कर्णजीतले जानकारी दिए । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.