चितवनमा ७२ घण्टाभित्र ७० शैयाको कोरोना विशेष अस्पताल निर्माण हुने

चितवनमा ७२ घण्टाभित्र ७० शैयाको कोरोना विशेष अस्पताल निर्माण हुने

४ चैत, चितवन । कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पताल निर्माण हुने भएको छ ।

७२ घण्टाभित्र सेवा सञ्चालनमा ल्याउने गरी कोरोना विशेष अस्पताल निर्माण हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भरतपुरस्थित उद्योग संघको सभाहल क्षेत्रमा अस्पताल निर्माण हुने भट्टराईले बताए। अस्पतालको व्यवस्थापनको लागि १३ जनाको टोली गठन भएको छ।

भरतपुर महानगरपालिका र निजी क्षेत्रसँगको सहकार्यमा अस्पताल निर्माण हुन लागेको उनले बताए। अस्पतालमा १० वटा आइसियू, १० वटा एचडियू र ५० वटा जेनेरल बेड रहनेछन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.