बजार अनुगमनलाई प्रभावकारी बनाउन सांसदहरुको माग

बजार अनुगमनलाई प्रभावकारी बनाउन सांसदहरुको माग

४ चैत, काठमाडौँ ।
सांसदहरुले सरकारलाई बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडी बढाउन आग्रह गरेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा कोरोनात्रासले आपूर्ति व्यवस्थापनमा पारेको प्रभावका विषयमा भएको छलफलमा सांसदहरुले यस्तो बताएका हुन् ।

सांसद सुजाता परियारले कालोबजारी भएको सूचना पाउने वित्तिकै कारवाहीकालागि एक्सन लिनुपर्ने बताइन् । १०० नम्बरमा फोन गर्दा प्रहरी तत्काल आउने गरेको उल्लेख गर्दै उनले कालोबजारी भएको सूचना दिने र तत्काल कारवाहीका लागि सम्बन्धित निकाय उपस्थित हुने व्यवस्था गर्नुपर्ने बताइन् । संकटको बेला ठग्ने काम भएको उल्लेख गर्दै उनले बजार अनुगमनको काम प्रभावकारी बनाउनुपर्ने बताइन् ।

सांसद देवेन्द्र पौडेलले कुनै पनि वस्तुको कमिहुने नदिने प्रतिवद्धता सम्बन्धित मन्त्रालयले गर्नुपर्ने बताए । बजारमाकुनै अभावनभएको र सीमानाकाबाट निर्वाध रुपमा सामानआयातभइरहेको सूचनाप्रभावकारी रुपमादिनुपर्ने आवश्यकता रहेको उनले बताए ।

सांसद सोमप्रसाद पाण्डेले बजारको माग र आपूर्तिको अवस्थाका विषयमा विवरण सार्वजनिक गर्नुपर्ने बताए । विश्वका धेरै देशमा संकट आएपछि ‘लक डाउन’ गरिएको अवस्था स्मरण गर्दै उनले भोली नेपालमा संकट आएको अवस्थामा भण्डारणको अवस्था के छ भन्ने कुराको जानकारी हुन आवश्यक रहेको उनले बताए ।

सांसद भिमसेनदास प्रधानले धेरै मान्छेहरु सहभागि हुने ठाउँहरुमा तत्काल बन्द गर्नुपर्ने बताए । सभा सम्मेलन, बार, सिनेमा घर तथा क्लबहरु तत्काल बन्द गर्न राज्य शसक्तभएर अगाडी बढ्नुपर्ने बताए ।

समिति सभापति विमल प्रसाद श्रीवास्तवले बजार अनुगमनलाई तिव्रता दिनुपर्ने र बाहिर आएका अफवाह हटाउने गरी प्रचार प्रसार व्यापक रुपमा गर्न निर्देशन दिए । कालोबजारीहरुले त्रासको वातावरण सिर्जना गरेको उल्लेख गर्दै उनले कारवाहीका लागि अग्रसर हुन आग्रह गरे ।

समिति बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमनमा मन्त्रालय र विभाग कर्मचारीहरु खटिएको बताए । कालोबजारीका विषयमा कुनै जानकारी भए सूचना दिन आग्रह गर्दै उनले कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिएर सामान बेच्ने कसैलाई पनि नछाड्ने चेतावनी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.