नेपाली फुटबल तोलीको इङ्ल्याण्ड भ्रमण स्थगित

नेपाली फुटबल तोलीको इङ्ल्याण्ड भ्रमण स्थगित

५ चैत, काठमाडौं । आउँदो जेठ महिनामा नेपाली फुटबल टिमले गर्ने भनिएको इङ्ल्याण्ड भ्रमण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अनिश्चित समयका लागि भ्रमण स्थगित गरेको जनाएको हो । नेपाली फुटबल टिमले भ्रमणका क्रममा आउँदो जेठ २५ गते इङ्ल्याण्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो ।

विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएपछि नेपाल र इङ्ल्याण्डको टिमबीच हुने भनिएको मैत्रीपूर्ण खेल अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.