निजामति सेवा ऐन सम्बन्धि विधेयकको छलफलमा मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित

निजामति सेवा ऐन सम्बन्धि विधेयकको छलफलमा मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित

५ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।

लामो समयदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको संघीय निजामति सेवा ऐन सम्बन्धि विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेपनि मन्त्रीको अनुपस्थिति भएपछि बैठक स्थगित भएको हो ।

सांसद त्रिपाठी विरामी भएका कारण बैठकमा सहभागि हुन नसकेको जानकारी बैठकमा गराइएको थियो । विधेयक समितिबाट संभवतः आज पारित गर्ने तयारी थियो । बैठकमा समिति सदस्यहरुको समेत बाक्लो उपस्थिति थियो ।

यसअघि चैत २ गते बसेको बैठकमा सांसदहरुबीच सहमति जुटेपनि मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै समय माग गर्नुभएको थियो ।

उक्त बैठकमा मन्त्रीले पटक पटक समय माग गरेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए । प्रदेशको मुख्य सचिव र स्थानीय प्रमुख प्रशासकीय अधिकृत केन्द्रले खटाउने कि प्रदेशले खटाउने भन्ने विषयमा विवाद हुँदै आएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.