मोरङको कटहरीबाट ब्राउन सुगरसहित २ जना पक्राउ

मोरङको कटहरीबाट ब्राउन सुगरसहित २ जना पक्राउ

४ चैत,विराटनगर ।
मोरङको कटहरी गाउँपालिकाबाट प्रहरीले २ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । कटहरी–४ स्थित किरण साहको घरमालागू औषध विक्रि वितरण गरिरहेको भन्ने सूचनाको आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कटहरी–४ बस्ने महेन्द्र साहको श्रीमती वर्ष ३५ की किरण साह र वर्ष ३२ को सजिर सेख रहेका छन् । सेखले फलामको सानो खलबुच्चा(वख्ली) भित्र प्लाष्टिकको झोलामा लागू औषध गाँजा ३१० ग्राम लुकाईराखेको साथै शरीर तलासी लिँदा साथबाट लागू औषधब्राउन सुगर १६० मिलीग्राम कागजको टुक्रामा बेरी लुकाई छिपाई राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

उक्त लागू औषध गाँजा र ब्राउन सुगर कानून वमोजिम बरामद गरी पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.