अनुसन्धानका कर्मचारीहरुको उमेर हद ६० वर्ष कायम

अनुसन्धानका कर्मचारीहरुको उमेर हद ६० वर्ष कायम

५ चैत, काठमाडौँ ।
राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको उमेर हद ६० वर्ष कायम गर्ने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा विभागका कर्मचारीहरुको उमेरहद ६० वर्ष कायम गर्ने सहमति जुटेको हो ।

नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा उक्त सहमति जुटेको हो । उक्त प्रावधान लागु हुनभने अझै १ वर्ष कुर्नु पर्नेछ । समिति सभापति परशुराम मेघी गुरुङले २०७८ साउनबाट मात्रै उक्त प्रावधान लागु हुने बताए । सभापति गुरुङले विशिष्ठ श्रेणी एउटै तहमा ४ वर्ष र प्रथम श्रेणीको एउटै तहमा ६ वर्ष सेवा अवधि तोक्ने विषयमापनि सहमति भएको बताए ।

वधेयकका अन्य प्रावधानहरुमा छलफल गर्न बिहीबार पनि समितिको बैठक बोलाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.