जहदामा आगलागी दुई घर ध्वस्त

जहदामा आगलागी दुई घर ध्वस्त

६ चैत, विराटनगर । मोरङको जहदा गाउँपालिका स्थित दुई घरमा आगलागी हुदा ७० हजार बराबरको क्षति भएको छ ।

बुधबार साझ ५ बजेतिर वडा नम्बर ६ उखरकट्टा बस्ने सोनाउल अन्सारी र उनका छोरा दिलजान अन्सारीको जस्ताको छाना बाँसको टाटीबेराले बनेको भुईतले घरहरुमा आगलागी हुदा यस्तो क्षति भएको हो ।

सोनाउल अन्सारीको भान्सा कोठाबाट खाना पकाउने क्रममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी प्रहरी तथा स्थानीयको प्रयासमा साझ साढे ७ बजे नियन्त्रणमा आएपनि दुवै घर पूर्णरुपले ध्वस्त भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन पूर्णरुपले जलेर नष्ट भएका छन् । आगलागीबाट मानविय तथा चौपायमा भने कुनै क्षति भएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.