लोकसेवा आयोगको लिखित परीक्षा पनि स्थगित

लोकसेवा आयोगको लिखित परीक्षा पनि स्थगित

६ चैत, काठमाडौं । लोकसेवा आयोगको लिखित परीक्षा पनि स्थगित भएको छ।

बिहीबार उपसचिव एकनारायण शर्माले एक सूचना जारी गर्दै लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरेको जानकारी दिएका हुन्।

पूर्व्निर्धा्रित निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा चैत ८ गतेदेखि सुरू भई मसान्तसम्म सकिने तालिका थियो।

बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरलको संयोजकत्वमा बसेको बैठकले सबै परीक्षा तथा पठनपाठन स्थगित गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै आयोगले अर्को सूचना जारी नहुँदासम्मका लागि परीक्षा स्थगित गरेको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.