मालपोत, बिजुली र यातायातको बिल तिर्न ढिला भए जरिवाना मिनाहा

मालपोत, बिजुली र यातायातको बिल तिर्न ढिला भए जरिवाना मिनाहा

६ चैत, काठमाडौँ ।
सरकारी कार्यालयमा भिडभाड कम गर्न मालपोत, विद्युत, र यातायातमा लाग्ने जरिवाना वापतको शुल्क मिनाह हुने भएको छ । कोरोना रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा सरकारले बिहीबार यस्तो निर्णय गरेको हो ।

बिहीबार गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिएको थियो। बिलम्ब शुल्क नलाग्ने भन्दै मालपोत, विद्युत र यातायातलगायतमा शुल्क बुझाउन हतार नगर्न आग्रह गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।

जरिवाना लाग्ने अवस्था भए जरिवाना शुल्क सरकारले मिनाह गरिदिने जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.