काठमाडौमा कोरोनाको त्रासः उपत्यकाबाट ६८ हजार बाहिरिए

काठमाडौमा कोरोनाको त्रासः उपत्यकाबाट ६८ हजार बाहिरिए

७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यका छाड्नेहरुको संख्या बढेको छ । शुक्रबार दिउँसोसम्म मात्रै ६८ हजार बढीले उपत्यका छाडेका छन् ।

महानगरिय ट्राफिक प्रहरीक कार्यालयका अनुसार शुक्रबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म उपत्यकाबाट ६८ हजार २ सय २५ जनाले उपत्यका छाडेका छन् । सो अवधिमा ११ हजार ६ सय ९० गाडी उपत्यकाबाट बाहिरिएका छन् ।

महानगरिय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख भीम ढकालका अनुसार शुक्रबार सोही समयमा २६ हजार ३ सय ९१ जना यात्रु उपत्यका भित्रिएका छन् ।

बिहीबार उपत्यकाबाट १ लाख ८४ हजार ५८ जना उपत्यकाबाट बाहिरिएका थिए । प्रमुख ढकालले उपत्यका छोडेर जानेहरुको संख्या बढीरहेको बताए । बुधबार ९५ हजार २ सय ४७ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।

शुक्रबार १२ बजेसम्म नागढंगा नाकाबाट १८ हजार २ सय ६५, भक्तपुरबाट ४७ हजार ४ सय १०, मुड्खुबाट ५ सय ५० र भक्तपुरबाट २ हजार यात्रु बाहिरिएका छन् ।

सरकारले शैक्षिक संस्था, तथा चैत महिनामा हुने सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेपछि उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको हो । टिकटका लागि बसपार्क पुगेका कतिपय यात्रुहरुले टिकट नै नपाएको गुनासो गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.