ग्यासको कालोबजारी गरे ५ वर्षसम्म कैद

ग्यासको कालोबजारी गरे ५ वर्षसम्म कैद

७ चैत, काठमाडौं ।
खना पकाउने ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरे ५ वर्षसम्म कैद सयाज हुने भएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्यासको कालोबजारी भएका कारण उपभोक्ताले नपाएको हुन सक्ने बताएको छ । मन्त्रालयले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै खाद्यान्न अभाव भए हेलिकप्टरबाट भए पनि ढुवानी गर्ने, कर्मचारी कामका लागि २४ घण्टा तयार रहनुपर्ने सरकारले निर्णय गरेको छ ।

मन्त्रालयका अधिकारीका अनुसार खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङको तथा ठूला निजी खाद्य स्टोर, निगमको भण्डारण मौज्दात विवरण सार्वजनिक गर्नेख तथा सबै जिल्लाको खाद्यान्न विवरण संकलन गरिने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.