प्रतिबन्ध उल्लंघन गर्दै विदेशबाट आए ६१ नेपाली ,क्वारेन्टाइनमा पठाइयो

प्रतिबन्ध उल्लंघन गर्दै विदेशबाट आए ६१ नेपाली ,क्वारेन्टाइनमा पठाइयो

८ चैत, काठमाडौं ।
नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका छन् ।

थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यामएको अध्यागमन विभागले जनाएको छ ।

दुबई कतार लगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर आएका हुन् ।यसअघि यसरी आउने विदेशी नागरिकहरुलाई फर्काउने गरिएको थियो ।

उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।

स्वीकृति बेगर यात्रु ल्याएको आरोपमा नेपाल नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनका पदाधिकारीसँग स्पष्टीकरण सोध्ने तयारी भइरहेको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.