टेकुमा कोरोनाका कारण मृत्यु भएको भ्रामक भिडियो बनाउने युवाले मागे माफी

टेकुमा कोरोनाका कारण मृत्यु भएको भ्रामक भिडियो बनाउने युवाले मागे माफी

९ चैत्र, काठमाडौँ ।
शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल टेकुमा आफूले कोरोना भाइरसका कारण नेपालीको मृत्यु भएको देखेको दाबी गरेका अमेरिका बस्दै आएका व्यक्तिले माफी मागेका छन् ।

अमेरिकाको टेक्सास बस्दै आएका नयनराज पाण्डे नाम गरेका ती व्यक्तिले टेकुमा कोरोना भाइरसका कारण मरेका व्यक्ति देखेको दाबीसहितको अडियोलाई भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

उनले टेकु अस्पतालमा उपचारका लागि गएका बेला पाँचजना कोरोनाकै कारण मरेको देखेको भन्दै भ्रामक सामग्री बनाएर पोस्ट गरेका थिए । उनले आफूबाट ठूलो गल्ती भएको भन्दै माफी मागेका छन् ।

सामाजिक सञ्जालमा आएका केही सामग्रीबाट प्रभावित भएको र आफूले गलत काम गरेको उनले उल्लेख गरेका छन् । उनले टिकटकमा पोस्ट गरेको भ्रामक सामग्री पनि डिलिट गरेका छन् ।

आफ्नो भिडियोका कारण पर्न गएको मनोवैज्ञानिक असर तथा फैलिएको त्रासप्रति माफी मागेका उनले अन्जानमा गल्ती भएको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.