स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया नेपाली सेनाद्वारा रद्द

स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया नेपाली सेनाद्वारा रद्द

२१ चैत, काठमाडौं । नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ ।

सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो ।

यसअघि सेनाले १७ करोडको स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टेण्डर आह्वान गरेको थियो। सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सेनाको तयारी थियो ।

सरकारले जिटुजी प्रक्रियामार्फत् स्वास्थ्य सामग्री ल्याउँदा सेनालाई अगाडि सार्ने तयारी गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.