जनावरको जीवन रक्षाको लागी प्रियंका र आयुष्मानको एक लाख सहयोग

जनावरको जीवन रक्षाको लागी प्रियंका र आयुष्मानको एक लाख सहयोग

२३ चैत, काठमाडौँ ।
सडकमा रहेका पशुहरूको उचित व्यवस्थापन र खानपानको लागी अभिनेत्री प्रियंका कार्की र उनका पति अभिनेता आयुष्मान देशराज जोशीले १ लाख सहयोग गर्ने भएका छन् । कोरोना भाईरस रोकथामका लागि सरकारले लागु गरेको लकडाउनका कारण सबै मानिसहरु घरभित्र बस्दा सडकमा भएका जनावरहरु भोकै भएपछि उनीहरुले यस्तो सहयोग गरेका हुन् ।

उनीहरूले सञ्चालन गरेको ‘आयांका फाउन्डेसन’का तर्फ बाट विश्व सामुदायिक पशु दिवसको अवसर पारेर उक्त रकम सहयोग गरेका हुन् ।
उनीहरुले एनिमल नेपाल संस्थालाई एक लाख हस्तान्तरण गरेका छन् । एनिमल नेपालले चलाउने, ‘एक कचौरा पानी, र एक कचौरा खाना’ अभियानमा पनि आयंका जोडीको साथ रहने बताइएको छ ।

उनीहरुले कुनै पनि निर्दोष जनावरले भोकै बस्नु नपरोस् भनि आफ्नो घरमा रहेको बोतल अथवा अन्य केही भाडामा आफ्नो घर अगाडी पानी र खाना राखिदिनेको लागी अनुरोध समेत गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.