कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा अहिलेसम्म एक अर्ब ३२ करोड सङ्कलन

कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा अहिलेसम्म एक अर्ब ३२ करोड सङ्कलन

२४ चैत, काठमाडौं । सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’ मा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६ सय ३७ सङ्कलन भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको कोषमा आइतबार मात्र १३ करोड १७ लाख ११ हजार सात सय ५० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले ५० लाख, सिभिल बैंक लिमिटेडले ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले आठ लाख दुई हजार ९ सय ४८ र दुर्गाबहादुर क्षेत्रीले तीन लाख रुपैयाँ कोषमा जम्मा गरेका छन् ।

त्यस्तै कोषमा नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट कुल १२ लाख ५८ हजार आठ सय दुई रुपैयाँ जम्मा भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुने क्रम बढेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.